October 25, 2020, Sunday
२०७७ कार्तिक ९

प्रतिताेला ७ सय रुपैयाँले घट्यो सुनको मूल्य

363

काठमाडौं- सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ७ सय रुपैयाँले घटेको हाे।

बिहीबारका लागि सुनको मूल्य प्रतितोला ९१ हजार रुपैयाँ तोकिएको महासंघले जनाएको छ। बुधबार सुनको भाउ प्रतितोला ९१ हजार ७ सय रुपैयाँ तोकिएको थियो।

बिहीबार चाँदीको मूल्य भने बढेको छ। चाँदी प्रतितोला ९५० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार चाँदीको मूल्य तोलाको ९४५ रुपैयाँ तोकिएको महासंघले जनाएको छ।

Recent Update