December 1, 2020, Tuesday
२०७७ मंसिर १६

निम्न आयबाट निम्न मध्यम आय भएको देशमा उक्लियाे नेपाल

336

काठमाण्डौ – नेपाल निम्न आयबाट निम्नमध्यम आय भएको देशमा उक्लिएको छ । विश्व बैंकले सार्वजनिक गरेको तथ्याँक अनुसार नेपाल निम्न आय भएको देशबाट मध्यम आए भएको देशमा उक्लिएको हो ।

गएको वर्ष ९ सय ७० अमेरिकी डलर आय भएकाले नेपाल निम्न आय भएको देशमा थियो । सन् २०१९ मा नेपालको प्रतिव्यक्ति आम्दानी १ हजार ९० अमेरिकी डलर पुगेको विश्व बैंकले जनाएको छ । विश्वबैंकले १०३५ अमेरिकी डलरभन्दा कम प्रतिव्यक्ति आम्दानी हुने देशलाई न्यून आयवर्गमा राख्दै आएको छ ।

नेपालमा गएको तीन आर्थिक वर्षमा कुल गार्हस्थ उत्पादनको वृद्धिदर (आर्थिक वृद्धि) क्रमशः ८ दशमलव २, ६ दशमलव ७ र ७ प्रतिशत हासिल भएपछि प्रतिव्यक्ति आम्दानी पनि त्यही अनुपातमा बढेको हो ।

Recent Update