October 30, 2020, Friday
२०७७ कार्तिक १४

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनलाई कोरोनाभाइरस संक्रमण

888

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनलाई कोरोनाभाइरस संक्रमण भएको छ । जोनसनले आफूलाई कोरोनाभाइरसका हल्का लक्षणहरू देखिएको र डाउनिङ्ग स्ट्रीटमै एक्लिएर बस्ने बताएका छन्। बिबिसीले जनाए अनुसार एउटा वक्तव्यमा भनिएको छः “इङ्ल्यान्डका प्रमुख मेडिकल अधिकृतको व्यक्तिगत सुझावका आधारमा उनको जाँच गरिएको थियो ।

यद्यपि जोनसनले अझै यस महामारीसँग जुझिरहेको सरकार चलाइरहने उक्त वक्तव्यमा जनाइएको छ। ब्रिटेनभरि ११ हजार ६ सय जनाभन्दा बढी कोरोनाभाइरसका घटना पुष्टि भएकामा हालसम्म ५७८ जनाले ज्यान गुमाएका छन्। कोरोनाभाइरस सङ्क्रमणको सख्या लगातार बढेपछि ब्रिटेनमा प्रधानमन्त्री जोनसले तीन दिन अघि मात्रै देशलाइ लगडाउन गरेका थिए ।

नागरिकहरू घरभित्रै बसुन भनेर दुई जनाभन्दा धेरैको जमघट तथा सामाजिक कार्यक्रमहरूमा प्रतिबन्ध लगाइएको छ। प्रधानमन्त्री जोन्सनले यी नियम अटेर गर्ने् विरुद्ध प्रहरीले जरिबाना गराउने सक्ने बताए थिए । जर्मनीमा जस्तै यूकेमा पनि घरबाहिर दुई जनाभन्दा धेरैको जमघटलाई निषेधित गरिएको छ।जोन्सनले आफूले घोषणा गरेका जस्ता उपाय घोषणा गर्न कुनै प्रधानमन्त्रीलाई पनि रहर नहुने भन्दै तीन सातामा यी नियमको समीक्षा गरिने बताएका थिए ।

Recent Update