March 1, 2021, Monday
२०७७ फाल्गुन १७

कोरोना भाइरसः ब्राजिलमा ६३ हजारभन्दा बढीको मृत्यु

83

काठमाडौं –कोरोना भाइरसको महामारीले ब्राजिलमा ६३ हजारभन्दा बढीको मृत्यु भएको छ ।

शनिबार बिहान यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा १ हजार २६४ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाले मृत्यु हुनेको संख्या ६३ हजार २५४ पुगेको छ ।

यस्तै एकै दिन ४१ हजार ९८८ जना संक्रमित भएका छन् । योसँगै संक्रमित हुनेको संख्या १५ लाख ४३ हजार ३४१ पुगेको छ।अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको ब्राजिलमा अहिलेसम्म ९ लाख ४५ हजार ९१५ जना संक्रमणमुक्त भएका छन् भने ५ लाख ३४ हजार १७२ जनाको उपचार भइरहेको छ ।