October 17, 2021, Sunday
२०७८ आश्विन ३१

अशक्त केशवकाे घरका, यस्ता छन पीर मर्का

1.2K

बिन्दु कुँवर ,असार १९ राेल्पा

झर्ट हेर्दा समथल भु-भाग अनि रमनिय ठाउँ सुनिल स्मृति गाउपालिका वडा नम्बर २ खुंग्री देखि केही माथि हिडेर गएपछि १८ बर्षका केशव गिरिकाे घर पुगिन्छ ।केशवकाे घर जाने बाटाे भने अल्लि कठिन छ, उनकाे घरमा पुग्दा केशवका ६९ बर्षिय हजुरबुबा र ६३ बर्षकी हजुर आमा पिढिमा बसेर रेडियो सुन्दै थिए । केशव कि आमा भावना गिरी काममा व्यस्त थिइन् । १८ बर्षका केशवकाे बारेमा रिपोर्टिङ गर्न हामी उनको घरमा पुगेका थियौं । तर हामी पुग्दा केशव घरमा थिएनन् ।साथीहरु सँग अपांग शरीर जमिनमा घिसार्दै उनी नजिकैको माडि खाेलामा माछा मार्न पुगेका रहेछन । हामी पुगेको थाहा पाएपछि केशव हात टेकेर शरीर लतार्दै घरमा पुगे ।कम्मर भन्दा तल तिरकाे कुनै पनि भाग नचलेपछि केशव सामान्य मान्छे जसरी खुट्टा ले हिड्न सक्दैनन् ।

तर पनि उनलेे अरुले झै सक्ने काम जाँगर लगाएर गर्छन् ।शारीरिक अशक्तताकै कारणले केशवलाई ढिला गरि स्कुल भर्ना गरिएकाेले उनी ८ कक्षामा मात्रै पढछन ।केशव कि आमाले बाेकेर सुरु सुरुमा स्कुल लैजान्थिन तर अचेल केशव आफै हात टेकेर स्कुल पुग्छन् । कहिले विरामी कहिले केही यस्तै समस्याले उनकाे पढाइमा असर परिरहेको छ ।अप्ठ्यारो बाटोमा घिर्सदै स्कुल जादा केशवका हात र शरिरका विभिन्न भागमा घाउ नै घाउ हुन्छ ।दिसा पिसाब गर्दा निकै समस्या हुन्छ जसले गर्दा कक्षा काेठामा पनि केशव पछिल्लो बेन्चमा एक्लै बस्ने गर्छन् ।

उनलाई साथीहरू पनि रुचाउदैन ।अपांग मैत्री विद्यालयमा पढनु पर्ने उनले सरकारी स्कुलमा पढदा अझ‌ै असहजकता भएको छ ।केशव लडे भने आफै उठन सक्दैन ।तर उक्त घर अहिले जिर्ण अबस्थामा छ केशवकी आमाले भैंसी बेचेर टिनले छाएकाे सानाे गाेठ निर्माण गरेकी छिन । बारीमा उत्पादन भएको अन्नले केशवकाे परिवारलाई ६ महिना पनि खान पुग्दैन परिवारमा भरपर्दाे आयस्रोत छैन ।भावनाका श्रीमान ८ बर्ष बिदेश बसे पनि पैसाकाे अनुहार कस्ताे थियाे एक पैसा देख्न पाइनन उनी भनिन्छ । भावना गिरीलाई सधैं एउटै कुराले पिराेल्छ म मरे भने मेरो छाेराकाे स्याहार कसले गरिदेला ।भावनाका २ छाेरा २ छाेरी हुन ।त्यसमा जेठाे छाेरा खुट्टा टेकेर हिडन नसक्ने अपांग हुदा अरु सन्तानको भन्दा बढि केशवकाे चिन्ताले भावनालाई पिराेलि रहन्छ ।

हात खुट्टा घिसारेर हिड्ने केशवकाे पीडा देखेर आमा क्षण क्षणमा भावुक हुन्छिन् ।चार जनाको रेखदेख सबै भावनाकाे हातमा छ ।जेठि छाेरी अनिता विएड तेस्रो बर्ष बुटवलमा पढ्छिन । भावनाले कहिले भैंसी कहिले बाख्रा पालेर कहिले मजदुरी गरेर सन्तानकाे गर्जाे टारेकि छिन ।उनका श्रीमान टेक बहादुर गिरीलाई खासै सन्तान प्रति सराेकार छैन ।केही वर्ष विदेश बसेर फर्केका टेक बहादुरले कान्छी श्रीमती विहे गरेपछि परिवारकाे दुरी झन बढ्यो ।आजभोलि टेक बहादुर नजिकै बस्छन् तर कहिले घरमा आए भने केशवलाई कुटपिट गर्छन् ।त्यहि डरले अपांग केशव बाबू देख्ने बित्तिकै लुक्नुपर्छ ।नियमित रक्सि सेवन गरेर छाेरालाई कुटने गरेको छिमेकीले बताए ।यस्तै कारणले केशव घरमै बाेझिलाे जिन्दगी विताइरहेका छन ।

कसैले सहयाेग गर्याे भने आत्मनिर्भर बन्ने सपना उनमा छ । उनि भन्छन् एउटा माेवाइल भएको भए स्कुलमा पढाएकाे कुरा रेकर्ड गरेर घर मा आएर सुन्न पाउथे । बाटाे अन्धकार छ, न कसैकाे साथ छ, न लडेकाे बेला उठाउने हात छ। उनलाई स्थानीय सरकारले वडा कार्यालयबाट निलाे `ख´ बर्गकाे कार्ड दिइएको छ ।उनलेे अहिले मासिक १२ सय ८० भत्ता पाउँछन् ।केशवकाे जिन्दगीमा यहाँ सम्म धेरै अविस्मरणीय घटनाहरु छन ।उनि गाेठ म‌ै बस्छन् कहिले काहीँ उनकाे इच्छा कसैले नबुझदा र सपना पूरा नहुदा मर्न मन लाग्छ केशव भन्छन् ।

अपांग भएकै कारणले हरेक पटक पीडा सहनु परेकाे छ । तर उनी आफ्नाे पीडा हल्का बनाउन कहिले काहिँ एक्लै गाउछन् ,नाच्छन् रमाइलो गर्छन् ।कहिले काहीँ उनी सँगै का साथी माछा मार्न जादा माडी खाेला पुग्छन् ।बाबाले सहयोग नगर्ने, आमाले दिन रात काम गर्छिन् । आमाकाे एउटै धाेकाे छ, छाेरालाई कसैले सहयाेग गर्याे भने उसकाे भबिष्य काे लागि बैंकमा पैसा जम्मा गरिदिने र त्याे बाट आएकाे व्याजले छाेरालाई राम्रो स्कुलमा पढाउने । मेराे छाेराे ले आत्मनिर्भर भयाे भने आफु ले खुसिकाे सास फेर्न पाउथे ।