November 29, 2020, Sunday
२०७७ मंसिर १४

बझाङमा उद्धारको लागि गएको सेनाको गाडी दुर्घटना, ३ जना घाइते

258

बझाङमा पहिरोमा पुरिएकाहरुको उद्धारको लागि गएको नेपाली सेनाको गाडी दुघर्टनामा परेको छ ।१५ जना बोकेको सेनाको जीप केदारस्युँ गाउँपालिकाको वागथलामा दुघर्टना हुँदा तीन जना घाइते भएका छन् । पहिरो गएको ठाउँ केदारस्युँको मल्लेखी जाने बाटो निकै खराब रहेकाले उद्धारकर्मी पुग्न अफ्ठ्यारो भइरहेको छ ।

पहिरोमा परि बेपत्ता भएकामध्ये चार जनाको शव भेटिएको छ । शव भेटिनेमा ४६ वर्षीया राममति देवी जेठारा, उनका ११ वर्षीय छोरा प्रयाग जेठारा र सात वर्षीया छोरी अस्मिता जेठारा रहेका छन् ।त्यस्तै स्थानीय ८० वर्षीय दले जेठाराको पनि शव भेटिएको छ ।

Recent Update