December 1, 2020, Tuesday
२०७७ मंसिर १६

आज बाट दैनिक उपभोग्य सामान किनमेलमा अबरोध नहुने

288

सरकारले दैनिक उपभोग्य वस्तुहरुको उत्पादन, ढुवानी, वितरण र किनमेललाई आज बाट अवरोध नगर्ने भएको छ । कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको शुक्रबार बसेको बैठकले न्यूनतम आवागमन खुला गर्ने निर्णय गरेको छ ।

अर्थ र सञ्चारमन्त्री डा. युवराज खतिवडाले ‘दैनिकी चलाउन आवश्यक वस्तुको उत्पादन, ढुवानी, वितरण र त्यसका ग्राहकहरुको आवागमनलाई नरोक्ने निर्णय भएको छ बताए । तर निश्चित दुरी कायम गर्ने र भीडभाड नगरी किनमेल गर्नुपर्ने छ । संक्रमणको खतरालाइ प्रत्येक नागरिकले आफै सर्तकता अपनाउदै गतिबिधीहरु संचालन गर्न पनि सरकारले आग्रह गरेको छ । किनमेल खुकुलो बनाए पनि भिडभाड गर्न पाइने छैन ।

यस्तै, अलपत्र परेका पर्यटकहरुलाई सडकमार्गबाट पनि काठमाडौं ल्याउने, विदेशमा बेखर्ची भएका विद्यार्थीका अभिभावकहरुले खर्च पठाउन चाहेमा विदेशी मुद्रा सटही गरिदिने जस्ता निर्णयहरु पनि शुक्रबारको बैठकमा सरकारले गरेको छ ।

Recent Update