April 17, 2021, Saturday
२०७८ बैशाख ४

अमेरिका र चीनबीच साउथ चाइना सीमा तनाव: चीनद्धारा अमेरिकाको आलोचना

149

एजेन्सी– पछिल्लो समय अमेरिका र चीनबीच साउथ चाइना सीमा तनाव बढेको छ । चीनले साउथ चाइन सी मा युद्धअभ्यास जारी राखेको बेला अमेरिकाले दुई एयरक्राफ्ट कैरियर र चार युद्धपोतसंगै युद्धाअभ्यास सुरु गरेपछि दुवै देशबीच तनाव बढेको हो । चीनले पनि अमेरिकी कदमको चर्को आलोचना गरेको छ ।

अमेरिकी नौसेनाले साउथ चाइना सी मा दिन रात युद्धअभ्यास गरेर चीनलाई जवाफ दिएको जनाएको छ । युएस नेभीका लेफ्निेण्ट कमाण्डर शान ब्रोफीले अमेरिका दक्षिण चीन सागरमा स्वतन्त्र तथा खुला हिन्द प्रशान्त महासागरको समर्थनमा रहेको बताए ।

भारत र चीनबीच गलवान घांटीमा सीमा विवाद बढिरहेका बेला अमेरिका नौसेनाको युद्धपोत यूएसएस निमित्ज तथा यूएसएस रोनाल्ड रेगनले यो क्षेत्रमा डयूल करियर अपरेशन संचालन गरेका हुन् ।

अमेरिकाले यो क्षेत्रमा युद्धअभ्यास गर्नुको पछाडी हरेक देशलाई उडान भर्ने,समुन्द्री इलाकामा जाने र अन्र्तराष्ट्रिय कानुनअनुसार संचालन गर्नको लागी सहायता दिने उद्देश्य रहेकोे दावी गरेको छ ।

चीनको नेभीले पनि परासेल द्धीप समुहको नजिक पछिल्लो केही महिनादेखी युद्धाअभ्यास गरिरहेको छ । चीनको यो कदमको अमेरिकालगायत अन्य मुलुकहरुले आलोचना गर्दै आएका छन् । अमेरिकाले पठाएका एयरक्राफ्ट कैरियर परमाणू उर्जाबाट संचालित छन् । अमेरिकी विदेशमन्त्री माइम पोम्पियोले शुक्रवार ट्वीट गर्दै चीनले गरिरहेको युद्धाभ्यासको आलोचना गरेका छन् ।

उनले भनेका छन् ‘अमेरिका आफ्ना दक्षिण पूर्वी एसियाली मित्र राष्ट्रहरुको साथमा छ । दक्षिण चीन सागरमा चीनका सेनाद्धारा गरिएको अभ्यास भड्काउने खालको छ ।