October 28, 2020, Wednesday
२०७७ कार्तिक १३

व्यावसायिक खेती गर्न मुसिकाेट १० मा टिमुरका बेर्ना राेपियाे

645

रुकुम पश्चिमको मुसीकोट नगरपालिका १० मा झण्डै नौ हजार टिमुरका बेर्ना रोपिएको छ । डिभिजन वन कार्यालयले उपलब्ध गराएका एक हजार पाँच सय र वडा कार्यालयको लक्षित वर्ग बजेटबाट गरी सात हजार बेर्ना रोपिएको हो । टिमुरको ब्यवसायिक खेतीमा स्थानीयलाई आकर्षित गर्न बेर्नाहरु उपलब्ध गराइएको हाे ।वडामा चालू आर्थिक वर्षमा विभिन्न कार्यालयको सहयोग तथा आर्थिक लगानीमा करिव ११ हजार ५ सय फलफुल र मसाला बालिका बिरुवा रोपिएकाे वडा नम्बर १० वडा सदस्य धनबहादुर खड्का (बसन्त) ले जानकारी दिए ।सदस्य खड्काका अनुसार ८ हजार ३०० टिम्मुर, अलैंची, कागती र सुन्तला लगाएका विरुवाहरु शनिबार राेपिएकाे हाे । सदस्य खड्काले आफ्नै लगानीमा गत बर्ष एक हजार र यस बर्ष डिभिजन बन कार्यालय रुकुम पश्चिमको सहयोगमा ८०० बिरुवा टिम्मुर रोपेको बताए ।

पछिल्लो समय स्थानीय सरकार बने सँगै वडा तथा नगरको पहलमा नगदे बालीमा आकर्षण बढाउँदै ब्यवसायिक खेतीको शुरुवात हुन थालेको छ । यस पटक एउटै घरले आठ सयसम्म विरुवा पनि लगाएका छन् । पछिल्लो समय यो वडा लसुनको पकेट क्षेत्रको रुपमा विकास भइरहेको छ भने अलैचीको पनि राम्रो उत्पादन हुने गरेको छ । स्थानीयबासीको इच्छाशक्ति र सरकारको सहयोग हुन सके यहाँ टिमुर, आलु, अर्गानिक सिमी, भाङो आदिको राम्रो खेती हुने स्थानीयबासीरु बताउँछन् । पछिल्लो समयमा यहाँका किसानले स्थानीय सरकारको सहयोगमा कागती खेती पनि गरिरहेको छ ।साथै प्रदेश सरकारले पनि उक्त क्षेत्र वडालाई मसला पकेट क्षेत्रकाे रुपमा विकास गर्न बजेट विनियोजन गरेको छ ।

Recent Update