December 1, 2020, Tuesday
२०७७ मंसिर १६

प्रधानमन्त्री ओलीको मन्त्रीहरुसँग छलफल सुरु

273

काठमाडौं । प्रधानमन्त्री र मन्त्रीबीच वालुवाटारमा छलफल सुरु भएको छ । साँझ ७:१५ बजेबाट प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रीहरुसँग छलफल जुटेका हन् ।

शनिबार अपराह्न शीतलनिवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका प्रधानमन्त्री ओलीले सवा सात बजेबाट मन्त्री र राज्यमन्त्रीसँग गरिरहेका छन् ।

पार्टीभित्र संकट गहिरिँदै जाँदा प्रधानमन्त्री राष्ट्रपतिलाई भेटेर मन्त्री र राज्यमन्त्रीसँग छलफलमा जुट्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । यद्यपि छलफलको विषय भने अहिलेसम्म सार्वजनिक भएको छैन ।

Recent Update