October 17, 2021, Sunday
२०७८ आश्विन ३१

दुई पक्षबीच झडप हुँदा एक जनाको मृत्यु, दूई घाईते

75

महोत्तरीमा कुटपिटबाट एक जनाको मृत्यु भएको छ । आरकेस्ट्राको विषयमा भएको विवादमा सोनमा गाउँपालिका–२ इमलियाका ६० वर्षीय रामप्रताप यादवको आइतबार कुटपिटबाट मृत्यु भएको हो ।

शनिबार राति सोनमा गाउँपालिका–७ सुन्दरपुर आरकेस्ट्रा (नाचगान) हेर्ने क्रममा दुई पक्षबीच झडप भएको थियो । विवादलाई लिएर आइतबार मध्याह्न पुनः झगडा भएपछि यादवको मृत्यु भएको हो । अन्य दुई जना घाईते भएको महोत्तरीका प्रहरी उपरीक्षक दिनेश अचार्यले जानकारी दिए । कुटपिटकै क्रममा मृतक यादवका २४ वर्षीय छोरा मोदनारायण र २२ वर्षीय सरोजकुमार यादव घाइते भएका हुन् ।

उनीहरूको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ । कुटपिटमा संलग्न ३५ वर्षका मलेसी सदा र २८ वर्षका नखु सदालाई नियन्त्रणमा लिएको छ ।