October 31, 2020, Saturday
२०७७ कार्तिक १५

ट्रम्पले जागिर गुमाएकालाई साताको ६ सय डलर दिने , इतिहासकै सबैभन्दा ठूलो राहत प्याकेजमा हस्ताक्षर

267

कोरोना भाइरसबाट उत्पन्न आर्थिक संकटसँग जुध्न अमेरिकाका राष्ट्रपति डोनाल्डो ट्रम्पले अहिले सम्मकै ठुलो रकम बिनियोजनमा हस्ताक्षेर गरेका छन । अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या १ लाख बढि नाघेको छ । पछिल्लो समय अमेरिकामा १ लाख ३ सय ९२ जनामा कोरोना संक्रमण पुष्टी भएका छ भने मृतकको संख्या १५ सय ४३ पुगेको छ । यहि अवस्था बाट आत्तिएको अमेरिकाले नयाँ आपतकालिन राहात प्याकेज ल्याएको छ । प्योक अन्र्तगत हरेक करदातालाई १२ सय डलर दिने लगायतका विषयहरु समेटिएका छन ।

प्याकेजमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हस्ताक्षर गरेको अन्र्तराष्ट्रीय संचार माध्यमहरुले जनाएका छन । दुबै सदनबाट पारित भएलगत्तै राष्ट्रपति ट्रम्पले यसमा हस्ताक्षर गरेका हुन् । यो अमेरिकी इतिहासकै सबैभन्दा ठूलो आपतकालिन राहत प्याकेज हो ।२ ट्रिलियन अमेरिकी डलरको यो प्याकेजमा एकजना करदातालाई १२ सय डलर, विवाहितलाई २४ सय डलर र १७ बर्षभन्दा कम उमेरका परिवारका सदस्यका लागि थप ५ सय डलर प्रदान गरिने उल्लेख गरिएको छ ।


बार्षिक ७५ हजार भन्दा कम आम्दानी हुने एकजनालाई १२ सय डलर प्रदान गरिने छ । यदि दम्पत्तिले ज्वाइन्ट ट्याक्स फाइल गरेका छन् र उनीहरुको आम्दानी बार्षिक १ लाख ५० हजार भन्दा कम रहेको छ भने उनीहरुले २४ सय डलर प्राप्त गर्नेछन् ।संचारमाध्यमहरुले जनाए अनुसार ७५ हजारभन्दा बढी आम्दानी हुनेहरुका सन्दर्भमा हरेक एकसय डलर बढी आम्दानीमा ५ डलर घटाउँदै लगिनेछ । ९९ हजारसम्म आम्दानी हुनेलेमात्र रकम प्राप्त गर्नेछन् जु अनुसार कसैको ८० हजार आम्दानी छ भने उसले ९५० प्राप्त गर्नेछ भने ९० हजार आम्दानी हुनेले ४५० प्राप्त गर्नेछ ।

त्यस्तै विवाहित जोडीको सन्दर्भमा १ लाख ५० हजार भन्दा धेरै बार्षिक आम्दानी हुनेले हरेक १ सय डलरमा ५ डलर घटाउँदै हिसाब गरेर रकम दिइनेछ । अर्थात् यदि कसैको १ लाख ६० हजार बार्षिक आम्दानी छ भने उनीहरुले १९ सय डलर पाउनेछन् । अधिकतम १ लाख ९८ हजार आम्दानी हुने जोडीलेमात्र रकम पाउनेछन् ।हाल अमेरिकामा संक्रमित संख्यामा इटली र चीन भन्दा अगाडी छ ।

Recent Update