November 28, 2020, Saturday
२०७७ मंसिर १३

बच्चाको जिद्दीपन हटाउने केही उपयुक्त टिप्सः

456

आफ्नो सन्तानलाई खुसी राख्न उनीहरूका हरेक हठलाई पुरा गर्दछन् अभिभावक । तर अभिभावकको यहि त्यागलाई बच्चाहरू जिद्दी हुन पुग्दछन् ।
कालान्तरमा उनीहरूको जिद्दी एक स्वभाव बनिदिन्छ र यीनै बच्चाहरू अभिभावकको नियन्त्रणमा आउदैनन् । तसर्थ बच्चाको हठलाई सुधार्ने केहि उपायका बारेमा चर्चा गर्नेछौ ।

१. कराउने/पिट्ने गर्नु हुदैन

कैयौं पटक अभिभावकहरू सन्तानको हठलाई पुरा गर्न नचाहे वा नसके उनीहरूलाई कराउने र पिट्ने गर्दछन् । तर कराउँदा वा पिट्दा उनीहरूको हठ केहिबेर शान्त त होला तर यो सुधारमा भने आउदैन ।

साथै यसले बालबालिकको मानसिकतामा असर समेत पार्दछ । र कतिपय अवस्थामा डिप्रेशन समेत हुनसक्छ । जसले गर्दा उनीहरूको मनोबल गिर्ने गर्दछ । र कुनै पनि काम गर्नु पुर्व उनीहरू डराउने गर्दछन् । तसर्थ बालबालिकाको हठ पुरा गर्न नचाहादाँँ उनीहरूलाई कराउनुको सट्टा सम्झाउन तर्फ लाग्नुहोस् ।

२. हठलाई पुरा नगर्नुहोस्
यदि तपाईको बच्चा कुनै हठ गर्छ भने त्यसलाई तत्काल पुरा नगर्नुहोस् । मानौ खाना खाए लगत्तै बच्चाले चकलेट वा कुनै सामाग्री मागेमा उसको डिमाण्ड तर्फ ध्यान नदिनुहोस् ।

यसो गरेमा बच्चाले बिस्तारै बिस्तारै आफ्नो माग भुलेर जान्छ र सामान्य व्यवहार गर्दछ ।

३. तपाईको सुझाव वा रिसलाई ठट्टा बनाएमा
कतिपय बच्चाहरू नकराउने वा नपिट्ने अभिभावकको रिस वा सुझावलाई ठट्टामा लिने गर्दछन् । यदि यस्तो भएम वा तपाईलाई बच्चाले धेरै दुखः दिएमा प्रथमत यसलाई वेवास्ता गर्नुहोस् । तर यदि उसमा सुधार नआएमा चेतावनी दिनुहोस् ।

४. हठमा परिवर्तन गर्नुहोस्
यदि बच्चाले कुनै कुरामा जिद्दि गरिरहेको छ भने त्यसको सट्टामा अर्काे कुनै वस्तुमा भुलाउने प्रयाश गर्नुहोस् । मानौ तपाईको बच्चाले नयाँ खेलौना मागिरहेको छ भने उसलाई पुरानो खेलौना दिएर भुलाउनुहोस् ।

Recent Update