October 17, 2021, Sunday
२०७८ आश्विन ३१

रुकुमकी शारदा राष्ट्रिय ह्यान्डबल खेलाडी नेपाली सेनाको हुद्दामा बढुवा 

16.9K

नेपाली महिला राष्ट्रिय ह्यान्डबल टोली तथा विभागीय त्रिभुवन आर्मी क्लबकी खेलाडी शारदा बिश्वकर्मा हुद्दा (हवल्दार)मा बढुवा भएकी छन् ।उनलाई मंगलबार श्री सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रका केन्द्रपति महा सेनानी शसि किरण रायमाझीले हवल्दारको दर्ज्यानी चिन्ह प्रदान गरिन् ।उनको साउनमै हवल्दारमा बढुवा भएपनि उनले मंगलबार मात्रै हवल्दारको दर्ज्यानी चिन्ह प्रदान गरेकी हुन् ।

रुकुम पश्चिम बाफ़िकोट गाउँपालिका ४ स्थायी घर भएकी शारदा बि.स २०६९ मा  नेपाली सेनामा प्रवेश गरेकी थिइन् । त्यसपछि उनीको प्युठ हुदै अमल्दारमा बढुवा भएको थियो । आर्मीमा भर्ना भए लगत्तै उनी आर्मीको महिला ह्याण्ड बल टोलीसँगै नेपाली राष्ट्रिय महिला ह्याण्ड बल टोलीमा पर्न सफल भएकी थिइन् ।

२९ वर्षीया शारदाले २०७० साल देखि हालसम्म ८ वटा राष्ट्रिय खेल खेली सकेकी छन् । उनले राष्ट्रिय टोलीबाट सन् २०१९ को १३औं दक्षिण एसियाली खेलकुद (साग) समेत खेलीसकेकी छन् । उक्त सागमा नेपाली महिला ह्याण्डबल टोलीले नेपालललाई रजत पदक दिलाएको थियो । उनले आर्मीको महिला ह्याण्ड बल टोलीबाट पनि दर्जन बढी उपाधि हात पारेकि छन् ।