October 17, 2021, Sunday
२०७८ आश्विन ३१

अधिवेशनका लागि खटिएका निर्वाचन अधिकृत बेपत्ता भएपछि अधिवेशन स्थगित

354

नेपाली कांग्रेस काभ्रेको अधिवेशनका लागि केन्द्रबाट खटिएका निर्वाचन अधिकृत बिनासूचना बेपत्ता भएका छन् ।

का‌ंग्रेस काभ्रे जिल्ला सभापति मधु आचार्यका अनुसार निर्वाचन अधिकृत राजेन्द्र लामिछाने बिनासूचना बेपत्ता भएका हुन् ।

आचार्यले सामाजिक स‌जालमा लेखेका छन्, ‘मतदाता नामावली सार्वजनिक नभएको र जिल्लाको १३ वटा पालिकाका लागि निर्वाचन प्रतिनिधिसमेतको सुनिश्चित नभएको कारण भोलि हुने भनिएको पालिकास्तरीय अधिवेशन अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको सम्बद्ध सबै साथीहरूलाई जानकारी गराइन्छ ।’