काठमाण्डौ – यूएईबाट १६ दिनको अवधिमा ३५ सय नेपाली स्वदेश फर्किएका छन् ।
कोरोनाको कारण समस्यामा परेका ३५ सय २ जना नेपाली २० वटा चार्टर्ड उडानमार्फत स्वदेश फर्किएका यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले जानकारी दिनुभएको छ ।
नेपाल सरकारले तोकेको प्राथमिकता अनुसार गर्भवती, बिरामी, नेपालमा आफन्त गुमाएका, खान बस्न समस्यामा परेका, रोजगारी गुमाएका या बेतलबी बिदामा रहेका, विद्यार्थी लगायतलाई स्वदेश फर्काइएको उहाँले बताउनुभयो ।
टिकट र होटल क्वरेण्टीन खर्च आफैंले व्यहोर्ने गरी सरकारले स्वदेश फिर्तीको लागि चार्टर्ड जहाज नेपाली लिन पठाए पनि स्वदेश फर्कनैपर्ने अवस्थामा रहेका तर टिकट किन्न नसक्ने अवस्थाका नेपालीलाई दूतावासले सम्बन्धित म्यानपावर कम्पनी, च्यारिटी अर्गनाइजेशन लगायतसँग समन्वय गरी स्वदेश पठाएको राजदूत ढकालले बताउनुभयो ।