October 29, 2020, Thursday
२०७७ कार्तिक १३

मास्क नलगाई घरबाहिर निस्किए पक्राउ गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन

543

काठमाडौं – बढ्दो कोरोनाभाइरस संक्रमण रोक्नलाई मास्क नलगाई घरबाहिर निस्कनेलाई प्रहरीले पक्राउ गर्ने भएको छ । गृह मन्त्रालयले मास्क नलगाई घर बाहिर निस्कनेलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ ।

अब मास्क नलगाई घरबाहिर निस्कनेलाई पक्राउ गरी संक्रामक रोग ऐन २०२० अनुसार कारबाही गर्ने गृह मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीले जानकारी दिए ।

कोरोना संक्रमणको खतरा अहिले पनि रहेको र हाल लकडाउन पूर्ण रुपमा नखुली व्यवस्थित मात्र गरिएको सरकारको भनाइ छ ।

लकडाउनका कडाइ नहुँदा कोरोना महामारी नियन्त्रणमा समस्या हुन सक्ने भएकाले यस्तो निर्देशन दिएको अधिकारीले बताए ।

Recent Update