October 21, 2020, Wednesday
२०७७ कार्तिक ५

शैलेशलाई एआईजी बनाउने तयारीमा सरकार, मंगलबारकाे वैठकले टुंगो लगाउने

243

काठमाडौं– सरकारले एआईजी शैलेश थापा क्षेत्रीलाई प्रहरी महानिरीक्षक बनाउने तयारी गरेको छ । हालका आईजीपी ठाकुरप्रसाद ज्ञवालीले यही असार २४ मा अनिवार्य अवकास पाउंदैछन् । प्रहरीको २८ औं महानिरीक्षकको लागी एआईजीद्धय थापा र हरिबहादुर पाल दौडमा भएपनि सरकारले थापालाई नै आईजीपी बनाउन लागेको हो । मंगलवार सांझ ४ बजे बस्ने मन्त्रीपरीषदको वैठकले उनलाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने तयारी सरकारको छ ।

प्रहरी मुख्यालयले नयां आईजीपीको स्वागत र हालका प्रहरी महानिरीक्षक ठाकुर ज्ञवालीको विदाई कार्यक्रममा उपस्थित हुन सातै प्रदेशका डिआईजीलाई काठमाडौं बोलाइसकेको छ ।प्रधानमन्त्री निकट उच्च स्रोतले दिएको जानकारीअनुसार प्रधानमन्त्री केपी शर्मा ओली वरियतामा एक नम्बरमा रहेका थापालाई नै प्रहरी महानिरीक्षक बनाउने निर्णय गरिसकेका छन् । उनले प्रहरीमा यसअघि वरियता मिच्ने काम भएको र त्यसले संगठनमा राजनीतिकरण भएको भन्दै अहिले वरियता र कार्यसम्पादनका आधारमा नै आईजीपी नियुक्त गर्ने निकटस्थहरुसंग बताइसकेका छन् ।

आईजीपी नियुक्तीबारे उनले नेकपाका अर्का अध्यक्ष प्रचण्डसंग पनि छलफल गरेका छन् । नेपाल विद्युत प्राधिकरणका हालका कार्यकारी प्रमुख कुलमान घिसिंङलाई प्राधिकरणमा दोहोर्याउने र प्रहरीमा वरियता नमिच्ने सहमती दुवैवीच भएको स्रोतको दावी छ ।यसअघि तत्कालिन सरकारले प्रहरीमा वरियता मिचेर तीन नम्वरमा रहेका डिआईजी जयबहादुर चन्दलाई सरकारले आईजीपी नियुक्त गरेको भन्दै ओलीले सरकारको आलोचना गरेका थिए । त्यो बेला एक नम्बरमा डिआईजी रहेका नवराज सिलवालमाथी सरकारले अन्याय गरेको उनको भनाई थियो । सिलवालको पक्षमा ओलीले संसदमा समेत आवाज उठाएका थिए भने पछि प्रतिनिधीसभाको उम्मेदवार समेत बनाएका थिए । हाल उनि प्रतिनिधीसभाको सदस्य छन् ।

 

 

 

Recent Update