October 22, 2020, Thursday
२०७७ कार्तिक ७

संकटमा जुटेको देशभक्ति माया, कोरियाका नेपालीले नेपाललाइ दिन जम्मा गरे एक करोड १५ लाख

1.1K


‘देशको मायाले मन दुख्दैन भने त्यो मन होइन त्यो पत्थर हो’ ‘देशको लागि रगत उम्लदैन भने त्यो रगत होइन त्यो पानी हो ’ भने झै देशको माया र उम्लेको रगत कोरियाबासी नेपालीले आज देखाएका छन । देशको माया देशमा भन्दा विदेशमा बस्दा धेरै हुदो रहेछ । आज त्यो देखाइदिएका छन कोरियाबासी नेपालीले । एउटा नेपालीलाइ एैयाँ हुदा अर्को नेपालीले मलम लगाउने संस्कार आज जिविदै रहेछ भन्ने सन्देश पनि दक्षिण कोरिया बाट प्रवाह हुदै छ । श्रम गर्ने मुलुकहरु बाट चन्दा उठाएर नेपाललाई करोड सहयोग गरेका उदारणहरु सायद कमै छन होला । आज विदेश पनि दुखेको छ देश पनि दुखेको छ । यस्तो अवस्थामा मातृभुमी प्रति ब्यक्त भएको श्रदा साच्चिकै देशप्रेमले ओतप्रोत छ ।

यसको उदारणको रुपमा लिन सकिन्छ चार दिन अगाडी बाट दक्षिण कोरियामा नेपालीहरुले सुरु गरेको एउटा राष्ट्रप्रति समर्पित अभियान । एक नेपाली एक हेल्थ किट किनौ र नेपाल पठाऔ भन्ने अभियान अन्तर्गत दक्षिण कोरियामा बसोबस गर्ने नेपालीहरुले चार दिनमा एक करोड १५ लाख बराबर नेपाली रकम जम्मा गरे । तीन घण्टामै कोरोना लागे नलागेको पत्ता लगाउने हेल्थ किट किनेर नेपाल पठाउने अभियानमा नेपालीहरुले यति रकम जम्मा गरेको आयोजकले जनाएको छ । सहयोग अभियान कोरियाको स्थानिय समय अनुसार शनिबार साँझ पाँच बजे बन्द गरिएको छ । अभियान पाँच बजे बन्द गरिएको भएपनि पैसा आउने क्रम नरोकिएको अभियान्ता गुरुदत्त न्यौपानेले जानकारी दिए । हामीले पाँच बजे सम्मको हिसाब बिज्ञप्तीमा भन्यौँ तर पैसा आइरहेकोले यति नै भन्न सकिएन अन्तिम हिसाब पर्खनु पर्ने भयो न्यौपानेले भने । उनका अनुसार आधिकारिक रुपमा अभियान बन्द भैसकेको छ ।

दक्षिण कोरियामा बसोबास गर्ने करिब ४० देखि ५० हजारको संख्यामा रहेका नेपालीहरुलाई एक नेपाली एक हेल्थ किट अभियानमा सहभागि बनौ भनिएको थियो । यस अभियानमा चार हजार पाँच सय ७६ जना नेपाली जोडिदा समेत यति धेरै रकम जम्मा भएको हो । जम्मा भएको रकम बाट हेल्थ किट किनेर नेपाल पठाउन आवश्यक प्रबन्ध एनआरएनएले गरिरहेको महासचिव डाक्टर बिमल सुवेदीले द्धारा जारी गरिएको बिज्ञप्तीमा जनाइएको छ । शनिबार नै नेपाल किटहरु पठाउने तयारी गरेपनि विमानस्थल बन्द भएका कारण चीन हुदै नेपाल पठाउने तयारी भएपनि विविध कारणले सम्भव नभएको एनआरएनए दक्षिण कोरियाले निकालेको विज्ञप्तीमा जनाइएको छ ।

दक्षिण कोरियामा नेपालीले देखाएको यो देशभक्तीले संसार भरिका नेपालीलाइ एक हुन सन्देश समेत दिएको छ । कोरियामा बसोबस गर्ने नेपालीहरु देशलाइ संकट पर्दा आज मात्रै होइन एकजुट हुदै आएको, विगतका ठुला ठुला संकटमा पनि एकजुट हुदै आएका उदारणहरु धेरै छन ।

सविना कार्की

Recent Update