October 31, 2020, Saturday
२०७७ कार्तिक १६

चिनियाँ सरकारको दबाबका कारण एप्पलले हटायो ४ हजार ५ सय वटा चिनियाँ गेमिङ एप्स

174

काठमाडौं – एप्पलले करिब ४५ सय वटा चिनियाँ गेमिङ एप्सहरु आफ्नो एप स्टोरबाट हटाएको छ । चीनमा हालै लागु गरिएको इन्टरनेट नीतिका आधारमा ४५ सय वटा गेम एप्सहरु हटाइएको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् ।

नयाँ नीतिमा गेम डेभलपर्सले चीनको एप स्टोरमा कुनै गेम अपलोड गर्नुभन्दा पहिले चिनियाँ निकायबाट अनिवार्य रुपमा स्वीकृति लिनुपर्ने नियम छ ।

एप्पलले चिनियाँ सरकारको दबाबका कारण ती एपहरु हटाएको हो ।

एप्पल चाइनाका मार्केटिङ म्यानेजर टड कुहन्सले १ जुलाइदेखि लागु भएको चीन सरकारको नयाँ नियमका कारण कैयन् गेम एप्सहरु हटाएको बताएका छन् ।

चीनमा लागु गरिएको नयाँ नियमका कारण २० हजारभन्दा बढी एप प्रभावित हुनसक्ने जनाइएको छ ।

Recent Update