September 19, 2021, Sunday
२०७८ आश्विन ३

राहत खाेलामा बगाउने अराजक वडा अध्यक्ष कार्वाहीमा

420

बागलुङको ढोरपाटन नगरपालिकामा राहत लिएर जानेहरूमाथि आक्रमण गरि राहत खाेलामा बगाउने आफ्ना कार्यकर्तालाई राष्ट्रिय जनमोर्चाले कारबाही गरेको छ ।प्रवासी नेपाली र प्रवासी युवा संघ दूरलेकले पठाएको सहयोग रकमबाट खाद्यान्न किनेर असार १३ गते ढोरपाटन नगरपालिका- ४ खुँगातर्फ ट्रयाक्टरमा लगिएको ४५ बाेरा चामल र अन्य राहत राजमोका कार्यकर्ताले खोलामा बगाइदिएका थिए भने राहत लिएर जानेहरूमाथि आक्रमण गरेका थिए ।

उनीहरूले बिरामी उपचार गर्न पठाएको ३० हजार नगद समेत खोसेर लगेका थिए । राष्ट्रिय जनमोर्चाका कार्यकर्ताको आक्रमणबाट राहत वितरण गर्न गएका डिलबहादुर सेरबुजा र ट्रयाक्टर ड्राइभर घाइते भएका थिए ।उक्त घटनामा राष्ट्रिय जनमोर्चाको तर्फबाट नगरपालिकाको वडा नं ४ मा निर्वाचित वडाध्यक्ष तिलक पुनको निर्देशन र निर्वाचित सदस्यहरू तिलबहादुर फगामी र गनबहादुर फगामी संलग्न देखिएको अध्यक्ष चित्रबहादुर केसीले जानकारी दिए ।हाम्रा खबर ले यस सम्बन्धि समाचार यस अगाडी प्रकाशित गरेको थियो

‘उक्त घटनामा संलग्न देखिएकोले उनीहरू तीनै जनालाई राष्ट्रिय जनमोर्चाको सदस्यताबाट समेत नरहने गरी निष्कासन गरिएको छ’ विज्ञप्तिमा भनिएको छ ।उक्त राहत कुटिखाेला,घिरी,फलामखानी,झारसाक्षि,किरी लगाएतकाे ठाउँका विपन्न तथा दिर्घराेगिहरुलाई वितरण गर्न लगिदै थियोे ।वडा सँग समन्वय नगरेको भन्दै उक्त सामाग्री खाेलामा बगाएको बताइएकाे छ ।