November 28, 2020, Saturday
२०७७ मंसिर १४

२२ बर्षीया युवतीमा कोरोना भाइरस संक्रमण भएको पुष्टि

366

बाग्लुङकी एक युवतीमा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ । युरोपबाट फर्किएकी २२ वर्षीया युवतीमा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको हो । उनी बेल्जियमबाट नेपाल चैत्र४ गते नै कतार एयरवेजको ‘क्यूआर ६५२’ विमानबाट नेपाल आएकी थिइन् । यस सँगै नेपालमा कोरोना भाइरस बाट संक्रमितको संख्या पाँच पुगेको छ ।

संक्रमित मध्ये एक निको भएर घर गइसकेका छन् भने दुई जनाको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र एकको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।त्यही विमानमा आएकी १९ वर्षीया युवतीमा कोरोना भाइरसको संक्रमण भएको १० चैतमा पुष्टि भएको थियो । सरकारले उक्त विमानमा सवार १५८ यात्रुको खोजी थालिएको थियो । त्यसक्रममा बागलुङ नगरपालिकामा रहेको युवतीलाई पनि धौलागिरी अस्पतालमा नमुना संकलन गरिएको थियो ।


Recent Update