December 1, 2020, Tuesday
२०७७ मंसिर १६

भिभोले नेपालमा आफ्नो नयाँ फोन वाई थर्टी मोडल सार्वजनिक, यस्ता छन् विशेषता

303

काठमाडौं : भिभोले मंगलबार नेपालमा आफ्नो नयाँ फोन वाई थर्टी मोडल सार्वजनिक गरेको छ ।

नेपालमा यो फोन दुई मोडल भेरियन्टमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । जसमध्ये चार जीबी र्याम प्लस ६४ जीबी स्टोरेजको फोनको मूल्य २४ हजार ९९९ रुपैयाँ रहेको छ भने चार जीबी र्याम प्लस १२८ जीबी स्टोरेज भेरियन्टको मूल्य २७ हजार ९९९ रहेको छ ।

यो फोनमा पाँच हजार एमएएचको शक्तिशाली ब्याट्री ब्याकअप रहेको छ । क्यामेराको कुरा गर्दा यसमा पछाडि भागमा चारवटा क्यामेरा रहेका छन् । जसमा १३ मेगापिक्सल, ८ मेगापिक्सेल र २/२ मेगापिक्सेलका क्यामेरा रहेका छन् ।

यी चारवटै क्यामेरामा एआई सपोर्ट रहेको कम्पनीको दाबी छ । यस्तै यसको अगाडि भागमा आठ मेगापिक्सलको सेल्फी क्यामेरा रहेको छ । यो फोनमा सेक्युरिटीका लागि रियर फिंगरप्रिन्ट र फेस रिकग्निसन रहेको छ ।

भिभो वाई थर्टीको स्क्रीनको माथिल्लो कुनामा सानो पञ्च होल क्यामेरा रहेको छ । ६.४७ इञ्चको डिस्प्ले रहेको यो फोनमा १५६० बाई ७२० पिक्सेलको एचडी प्लस रेजोलुसन रहेको छ ।

फोनको सफ्टवेयरको बारेमा कुरा गर्दा यसमा अक्टा कोर मिडियाटेक हेलियो पी थर्टी फाइभ (एमटी ६७६५) प्रोसेसर चिप रहेको छ । बजेट सेग्मेन्टको यो फोनलाई आई भ्यू डिस्प्ले, एआई क्वाड क्यामेरा र पाँच हजार एमएएचको शक्तिशाली ब्याट्री ब्याकअपले यो फोनलाई उत्कृष्ट बनाएको छ ।

Recent Update