October 31, 2020, Saturday
२०७७ कार्तिक १५

बाह्रबिसे क्षेत्रमा सरकारले छिटो उद्धार टोली परिचालन गरोस् – देउवा

249

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सिन्धुपाल्चोकको बाह्रविसे क्षेत्रमा उद्धारकार्यमा खटिन कांग्रेस कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् ।

साथै सरकारलाई पनि छिटोभन्दा छिटो उद्धार टोली परिचालन गर्न देउवाले भनेका छन्

देउवाले ट्वीटरमा लेखेका छन्, ‘म सिन्धुपाल्चोकका कांग्रेसका साथिहरुलाई तत्काल उद्धारमा खटिन निर्देशन गर्दछु । सरकारलाई छिटोभन्दा छिटो त्यो क्षेत्रमा उद्धार टोली खटाएर थप मानविय र भौतिक क्षेत्र हुन जोगाउन अनुरोध गर्दछु ।’

सिन्धुपाल्चोकमा आएको बाढीले बाह्रबिसे नगरपालिका र भोटेकोशी गाउँपालिकामा ठूलो क्षति पुर्याएको छ । दुई जनाको शव भेटिएको छ भने केही बेपत्ता छन् । नदी किनारका घरहरु बाढीले बगाएको छ । अरनिको राजमार्गमा पर्ने पक्की पुल र बाटो समेत बाढीले बगाएपछि आवत–जावत अवरुद्ध भएको छ ।

कांग्रेस सभापति देउवाले बाढीका कारण अमूल्य जीवन गुमाउने नागरिकको परिवारजनप्रति समवेदना व्यक्त गर्दै मृत आत्माको चिरशान्तिको कामना गरेका छन् । साथै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको पनि कामना गरेका छन् ।

Recent Update