October 20, 2020, Tuesday
२०७७ कार्तिक ४

व्यक्तिगत काममा सरकारी सवारी साधन चलाउनेहरु कार्वाहीमा

945

व्यक्तिगत प्रयोजन र कागजात बिनै चलाईएका ४ ओटा सरकारी सहित १८ ओटा सवारी साधन कारबाहिमा परेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुकुम पश्चिमले बिहिबार कानून उल्लंघन गरेको आरोपमा ती सवारी साधनलाई कारबाहि गरेको हो । कारबाहिमा परेका साधनहरु मध्ये जिल्लाको मुसिकोट नगरपालिकाका २ ओटा, बाँफिकोट गाउँपालिकाको १ ओटा र त्रिबेणि गाउँपालिकाको १ ओटा मोटरसाईकल रहेका छन् ।

“कागजात बिनै व्यक्तिगत काममा परिचालन भएका ४ ओटा सरकारी मोटर साईकल सहित १८ ओटा १८ ओटा सवारी साधनलाई जरिवाना गरेका छौ,” जिल्ला ट्राफिक प्रहरी कार्यालयका कार्यालय प्रमुख लक्ष्मण विश्वकर्माले भने, “सवारी चालकसँग अनुमति पत्र लगायत कागजात थिएनन् ।”
जानकारी अनुसार, विवरण खुलाईएका रा १ ब ८५१ र रा ५ ब १२४४ सहितका अन्य दुई मोटरसाईकल सरकारी नेम प्लेट अंकित थिए । स्थानीय तह अन्तर्गत बिभिन्न वडामा सञ्चालित जरिवालामा परेका मोटरसाइकल मध्ये केहि सम्बन्धित व्यक्तिका परिवारका सदस्यले घरको सामान ओसार्दै गर्दा कारबाहिमा परेको बताइएको छ । बिहीबार मात्रै कार्वाहिमा परेका १८ ओटा सवारी साधान मध्ये १५ ओटा मोटरसाईकल र ३ ओटा जीप रहेका छन् । सवारी कारबाहिबाट रु. १८ हजार रकम राजश्व संकलन भएको छ । कारबाहिमा परेका मध्य केहि लकडाउनको समयमा सरकारले लागु गरेको जोर विजोर प्रणाली लागु नगरेका पनि रहेका छन् । ट्राफिक प्रहरीले ७ ओटा सवारी साधन भने नियन्त्रणमा लिएको जनाएको छ ।

Recent Update