March 4, 2021, Thursday
२०७७ फाल्गुन २०

म्याग्दीमा पहिरोमा परेर ३२ जना बेपत्ता ,उद्दारमा समस्या

254

 

म्याग्दीका विभिन्न ठाउँमा पहिराेमा परेर ३२ जना बेपत्ता भएकाे प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय म्यादीका अनुसार धाैलागिरि, मालिका र मंगला गाउँपालिमा खसेकाे पहिराेमा ३२ जना हराइरहेकाे छन ।धाैलागिरीकाे मराङमा मात्र २२ जना पहिराेमा हराइरहेकाे म्याग्दी प्रहरीले जनाएको छ ।

मालिका गाउँपालिकामा पनि ८ अरु बाकी ‘मंगला गाउँपालिकामा समेत गरी ३२ जना हराइरहेकाे खबर आएकाे छ ।ठाउँ-ठाउँमा पहिराे खसेर बाटाे छेकेका कारण उद्दारमा जानसमेत अबराेध भएकाे प्रहरीले जानकारी दिएकाे छ । बागलुङबाट बिपत् ब्यवस्थापन टाेली, सशत्र, सेना, प्रहरी र जनप्रतिनिधि उद्दारमा गइरहेका छन् तर पहिराे छिचाेल्न समस्या परेकाे छ । देशभर अविरल बर्षाका कारणले धनजनको क्षति हुन सक्ने भन्दै गृहमन्त्रालयले सबैलाई सतर्क रहन आग्रह गरेको छ ।