December 1, 2020, Tuesday
२०७७ मंसिर १६

म्याग्दी पहिरो अपडेटः ३ जनाको शव भेटियो, ३१ अझै बेपत्ता, दर्जनौँ घर जोखिममा

240

पोखरा – अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा पहिरोले क्षति पुर्याएको छ । गण्डकी प्रदेशको कास्की, म्याग्दी, बागलुङ र लमजुकाङका विभिन्न ठाउँमा पहिरोले कैयौँ बस्ती नै जोखिममा पारेका छन् भने मानवीय क्षति पनि पुर्याएको छ ।

गण्डकी प्रदेश अन्तर्गतको म्याग्दीमा पहिरोले सबैभन्दा बढी क्षति पुर्याएको छ । जिल्लाका विभिन्न पालिकाभित्र कयौँ स्थानमा पहिरो खस्दा उद्दारको काम पनि हुन सकेको छैन । ‘उद्दार कार्य, खोजी कार्य जारी छ,’ उनले भने, ‘४० जनाको रेस्क्यु गर्नुपर्ने छ । ७ जना घाईतेलाई पनि उपचारको लागि पोखरा पठाउनुपर्ने छ ।

उद्धारको लागि नेपाली सेनाको हेलिकप्टर उडेको थियो, त्यो पनि मौसम प्रतिकुल भएर फर्कियो ।’

जिल्लाको धौलागिरी गाउँपालिका वडा नम्बर–६ मराङ र मालिकाको वडा नम्बर–७ बिमको बस्ती उच्च जोखिममा रहेको उनले जानकारी दिए । उद्धारको लागि हिडेको टोली पनि ठाउँ–ठाउँमा खसेको पहिरो र नदीको बहाब बढेको हुँदा घटनास्थलमा पुग्न नसकेको उनले जानकारी दिए ।

Recent Update