November 27, 2020, Friday
२०७७ मंसिर १२

तनहुँको पुल्चोक बजारमा सेती नदी पस्यो

489

काठमाडौं – पहाडी क्षेत्रमा निरन्तरको वर्षासँगै आएको बाढीले सप्तकोशी नदीमा पानीको बहाव बढेको छ ।देशभर जनजीवन प्रभावित बनेको छ । यस्तै लगातारको वर्षातपछि आएको बाढीले तनहुँमा सेती नदी बस्तीमा पसेको छ । जिल्लाको शुक्लागण्डकी नगरपालिका–४ पुल्चोक बजारमा सेती नदी पसेको हो ।

सेती र सुरौंदी खोलासमेत पुल्चोक बजारमा पसेपछि ४० भन्दा बढी घर डुबानमा परेका छन् ।डुबानमा परेपछि १ सय ४५ जनाभन्दा बढीलाई सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ ।

 

Recent Update