October 28, 2020, Wednesday
२०७७ कार्तिक १३

तत्काल यातायात व्यावसायिले गाडी नचलाउने घाेषणा

417

 

यातायात व्यवसायीहरूले तत्कालै सार्वजनिक सवारी साधन सञ्चालन नगर्ने बताएका छन । उनीहरुले लागि चार बुँदे माग अघि सार्दै ती पूरा नभए सरकारलाई चाबी बुझाउने चेतावनी दिएका छन्।सरकारले यातायात सञ्चालन गर्न दिने निर्णय गरेको भोलिपल्ट सार्वजनिक यातायात केन्द्रीय महासघं नेपालले यथास्थितिमा सवारीसाधन चलाउन नसकिने बताएको हो।विगतमा आफूहरूले राखेका मागलाई बेवास्ता गर्दै व्यवसायीहरूसँग कुनै सम्वाद नै नगरी सरकारले एकपक्षीय रूपमा सार्वजनिक यातायात सञ्चालनबारे निर्णय गरेको महासघंद्वारा शुक्रवार जारी विज्ञप्तिमा उल्लेख छ।सार्वजनिक यातायातका सबै साधनको हकमा विश्व स्वास्थ्य सङ्गठनले तोकेका जिम्मेवारी सरकारले पूर्ण व्यवस्था गरिदिनुपर्ने र यातायात मजदुर तथा यात्रुको स्वास्थ्यको पूर्ण व्यवस्था गरिनुपर्ने महासघंको माग छ।

लकडाउन अवधिको ब्याज छुट र गाडी सञ्चालन भए पनि थप चार महिनाको गाडीले किस्ता तिर्न नसक्ने हुँदा किस्ता अवधि बढाई २०७७ आशिवन मसान्तसम्म बैक किस्ता नलाग्ने व्यवस्था हुनुपर्ने महासंघले माग गरेको छ।सरकारले तोकेबमोजिम विभिन्न प्रकृतिका साना, ठूला र मझौला सवारी साधनको सीट मापदण्ड बमोजिम यात्रु राखी सञ्चालन गर्न नसकिने पनि महासङ्घले जनाएको छ।त्यसैगरी कागजपत्र कर राजस्वमा लकडाउन अवस्थाको कर छुट लगायत सरकारले घोषणा गरे बमोजिम छुट हुनुपर्ने र एक वर्षसम्म जरिवाना नलाग्ने गरी म्याद थप हुनुपर्ने महासङ्घको माग छ।

Recent Update