June 17, 2021, Thursday
२०७८ असार ३

कोरोनाको स्रोतबारे अध्ययन गर्न डब्लुएचओका विज्ञ चीनको वुहानमा

129

काठमाडौं – विगत ६ महिनादेखी चीनको वुहानबाट फैलिएको कोरोना भाइरस नामक किटाणुको स्रोत पहिचान गर्न विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)  लागेको छ ।

कोरोनाको स्रोतबारे अध्ययन गर्नका लागि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) २ जना विज्ञ चीनको वुहान गएका छन् ।

टोलीले भाइरसको स्रोत के हो भनेर पत्ता लगाउने प्रयत्न गर्ने डब्ल्युएचओलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।

अहिलेसम्म कोरोना भाइरस चीनको हुबेई प्रान्तस्थित वुहान शहरको मासु पसलबाट फैलिएको बताइदै आएको छ ।

तर, अमेरिकाले भने कोरोना भाइरस चीनले भाइरस जम्मा गरेर राखेको प्रयोगशालाको फ्रिजबाट लिक भएको दाबी गर्दै आएको छ ।