October 24, 2020, Saturday
२०७७ कार्तिक ८

३३ किलो सुन प्रकरणमा जोडिएका एक आरोपीलाई दुबईबाट पक्राउ गरी नेपाल ल्याईयो

351

काठमाण्डाै – ३३ किलो सुन प्रकरणमा जोडिएका आरोपी हरिशरण खड्कालाई प्रहरीले दुबईबाट पक्राउ गरी नेपाल ल्याएको छ।
इन्टरपोलमा रेड कर्नर नोटिस जारी भएपछि यूएईमा समातिएका खड्कालाई आवश्यक कानुनी प्रक्रिया पूरा गरेर शनिबार काठमाण्डौ ल्याइएको नेपाल प्रहरीले जनाएको छ ।

उनी २०७५ माघमा यूएईमा समातिएका थिए । खड्कासहित १२ जनाविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन इन्टरपोलमा रेड नोटिस जारी भएको थियो । काभ्रे घर भएका खड्का यूएईमा बस्दै आएका थिए ।

केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले २०७३ पुसमा बरामद गरेको साढे ३३ किलो सुन प्रकरणमा पनि उनी मुछिएका छन् । प्रहरीका केन्द्रीय प्रवक्ता डीआइजी निरजबहादुर शाहीका अनुसार खड्काबारे थप अनुशन्धान भइरहेको छ ।

Recent Update