November 28, 2020, Saturday
२०७७ मंसिर १३

अवरुद्ध पूर्वपश्चिम राजमार्ग सञ्चालन

261

नवलपरासी – पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पूर्वी नवलपुरको गैँडाकोटमा बाढीले डाइभर्सन बगाएपछि अवरुद्ध भएकाे सडक खुलेको छ ।

बाढीले भत्काएकाे ठाउँमा डाइभर्सन बनाइएपछि सडक खुलेको प्रहरीले जनाएको छ । गैँडाकोट नगरपालिका ९ काे थुम्सीमा रहेकाे खहरे खोलामा आएको बाढीले डाइभर्सनमा राखेको कल्भर्ट बगाउँदा शनिबार बिहान ४ बजेदेखि सडक अवरुद्ध भएको थियो ।

सडक अवरुद्ध भएपछि खाद्यान्नलगायतका अन्य सामग्री ढुवानी गर्ने गाडी बिहानदेखि रोकिएका थिए ।

Recent Update