October 19, 2020, Monday
२०७७ कार्तिक ४

आजदेखि सामग्रीको जाँचपास गर्दै रसुवा कार्यालय

141

रसुवा – रसुवा भन्सार कार्यालयले आजदेखि सामग्रीको जाँचपास गर्ने भएको छ । व्यापारी तथा व्यापारीका प्रतिनिधि नाका पुगेका र कामदारको समस्याको समाधान भएसँगै भन्सारले जाँचपास प्रक्रिया अघि बढाएको हो ।

हिजो गाडीको डिसइन्फेक्सन र प्याकिङ सूची बनाउने काम भएको रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत पूण्यबिक्रम खड्काले बताउनुभयो । कोरोना भाइरसको त्रासका कारण बन्द भएर झण्डै पाँच महिनापछि सञ्चालनमा आएको रसुवागढी नाकाबाट गएको सोमबारदेखि नियमित सामग्री आईरहेको छ ।

सोमबारदेखि चीनले सामग्री आयात गर्नका लागि मात्रै एकतर्फी नाका खोलेको थियो । त्यस दिनदेखि चिनियाँ गाडीले दैनिक चारवटा गाडीमा सामग्री ल्याइरहेका छन् । जुत्ता, चप्पल, लत्ताकपडा लगायतका सामग्री आयात भएको छ । चिनियाँ एउटा गाडीले ल्याएको सामग्री नेपाली दुईवटा कन्टेनरमा राखिन्छ ।

कोभिड–१९ को सङ्क्रमण फैलिन नदिन भन्दै गएको माघ १५ गतेदेखि नाका बन्द भएको थियो । नेपालको तर्फबाट नाकामा अहिले १५ जना चालक र १६ जना कामदार राखिएको छ ।

Recent Update