November 28, 2020, Saturday
२०७७ मंसिर १३

संखुवासभा पहिरो अपडेटः ३ जनाको उद्धार, ११ जना बेपत्ता

282

संखुवासभाको सिलिचोङ गाउँपालिका–१ मा पहिरोमा परि ११ जना बेपत्ता भएका छन् । पुरिएका ३ जनाको उद्धार गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

सिसुवाखोला बेसिन्दामा ८ घर बगेका छन् । सिलिचोङ गाउँपालिका–१ का गेदासिंह कुलुङ, जुद्धबहादुर कुलुङ, सन्दिप कुलुङ, रामधन कुलुङ र भीमबहादुर कुलुङ लगायतको घर पहिरोले बगाएको हो ।

उद्धारको लागि ताम्कु र सिसुवाटारमा रहेको चौकीबाट नेपाल प्रहरी र ताम्कुमा रहेको नेपाली सेनाको टोली घटनास्थलतर्फ लागेको छ ।

 

Recent Update