October 24, 2020, Saturday
२०७७ कार्तिक ९

विदेशमा काम गर्ने नेपालीमा कोरोना सङ्क्रमण घट्दो क्रममा

294

काठमाण्डौ – पछिल्ला केहि दिन यता विदेशका काम गर्ने नेपालीमा कोरोना संक्रमण घट्दो क्रममा छ । अघिल्लो साताको तुलनामा यो साता नयाँ कोरोना सङ्क्रमित घटेको र निको हुने नेपालीको सङ्ख्या बढेको गैरआवासीय नेपाली संघ एनआरएनए अन्तर्गतको स्वास्थ्य समितिले जनाएको छ ।

स्वास्थ्य समितिका अनुसार कोराना सङ्क्रमितमध्ये ९२ प्रतिशत नेपालीहरु निको भएका छन् । हिजो शनिबार साँझसम्म विश्वभर २९ हजार ६ सय २४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । उनीहरुमध्ये २७ हजार ३ सय ६२ जना नेपाली सङ्क्रमण मुक्त भएको गैरआवासीय नेपाली संघले जनाएको छ । स्वास्थ्य समितिका संयोजक डा. संजीव सापकोटाका अनुसार अष्ट्रेलिया, पोल्याण्ड, कतार, साउदी अबर लगायतका देशमा रहेका नेपालीहरुमा कोरोना सङ्क्रमण दर सामान्य रुपमा बढेको छ ।

यसअघि गएको सातासम्म १४ देशमा १ सय ४३ जना नेपालीको विदेशमा कोरोनाका कारणले ज्यान गएको छ ।

Recent Update