November 28, 2020, Saturday
२०७७ मंसिर १३

नक्कली बिल बुक सहित माेटरसाइकल नियन्त्रणमा

1.5K

 

नक्कली बिल बुक बनाएर माेटरसाइकल चलाएपछि जिल्ला ट्राफिक कार्यालय रुकुमले एउटा माेटरसाइकल नियन्त्रणमा लिएको छ ।लु ४६ प ९६९९ नम्बरको १५० पल्सर बाइक लुम्बिनी यातायात कार्यालयमा दर्ता भएको र त्यहि नम्बरमा अर्को बिलबुक पत्ता लागेपछि आइतबार साँझ जिल्ला ट्राफिक कार्यालय रुकुम पश्चिमले माेटरसाइकल नियन्त्रणमा लिएको हाे । केटिम डुक बाइक  संका लागेर अनुसन्धान गर्दा बिलबुक नक्कली भेटिएको जिल्ला ट्राफिक कार्यालय पश्चिम रुकुमका कार्यालय प्रमुख लक्ष्मण बिश्वकर्माले जानकारी दिए ।

बिल बुक  छाेटेलाल सहन्निकाे नाममा  रहेको ,  र  बिल बुक बनाउने ब्यक्तिकाे  खाेजि भैरहेको प्रहरीले जनाएको छ ।बाइक अर्कै ब्यक्तिले चलाएको पनि प्रहरीले जनाएको छ । यस्तै जिल्ला ट्राफिक कार्यालय रुकुम पश्चिम रुकुमले व्यक्तिगत प्रयोजन र कागजात बिनै चलाईएका सवारीसाधन हरुलाई धमाधम कार्वाही प्रकृया अगाडि बढाएको छ । दैनिक ट्राफिक चेकजाँचलाई समेत जिल्लामा कडाइ गरेको छ ।

Recent Update