काठमाडौं – ललितपुरको महालक्ष्मी नगरपालिका वडा ८ लुभूको एकै घरका १० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।
बल्खुस्थित बयोद्या अस्पतालमा कार्यरत ल्याब टेक्निसियनमा यही असरा १७ गते कोरोना सङ्क्रमण पुष्टि भएसँगै उनका परिवारका अन्य सात जनामा र भाडामा बस्ने दुई गरी १० जनामा गरिएको स्वाब सङ्कलनमा सबैको नतिजा पोजेटिभ आएको हो।
नर्सले आफू सङ्क्रमित देखिनुअघि आमालाई लुभूस्थित स्वस्तिक फार्मेसीमा अन्य रोगको समस्या भएर उपचारका लागि ल्याएको वडाध्यक्ष विश्वराज श्रेष्ठले बताए।
सो फार्मेसीमा कार्यारत श्रेष्ठका दुई छोराले यही असार २१ गते पाटन र टेकुमा गरेको स्वाब परीक्षणमा उनीहरुको रिपोट समेत कोरोना पोजेटिभ आएको श्रेष्ठले जानकारी दिए।
श्रेष्ठलगायत उनका नाती र बुहारी भने हाल होम क्वारेन्टाइनमा छन्।