रुकुम पश्चिमको सदरमुकाम खलंगा १ सल्ले स्थित जनजाति संग्रहालयमा चाेरि गरेको आराेपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।गएको असार २५ गते राति आदिवासी जनजाती सामुदायिक भवनको ताला फोडि आदीबासी संग्रालयमा रहेको महत्त्वपूर्ण सामानहरु चाेरि भएको थियो ।उक्त चाेरि कार्यमा संलग्नहरुकाे गहिरो अनुसन्धान गरि जिल्ला प्रहरी कार्यालय पश्चिम रुकुमले चार जनालाई पक्राउ गरेको जनाएको छ ।सुन चादीको गहना ,ल्यापटप ,हार्डडिक्स,चार्जर लगायत अन्य सामग्री समेत गरी अन्दाजी एक लाख ६५ हजार ६ सय ५० रुपैयाँ बराबरको चोरी सामान बरामद गरि चार जनालाई अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरुमा सानीभेरी गा.पा. वडा नं. ४ घर भई हाल मुसिकोट न.पा. वडा नं. १ बस्ने बर्ष १५ को जगदिश परियार ,मुसिकोट न.पा. वडा नं. १ सल्ले बस्ने बर्ष १५ को शक्ति बहादुर बुढामगर ,सल्यान शारदा न.पा. वडा नं. २ बस्ने बर्ष २१ को केशर थापा र सल्यान दार्मा गा.पा. वडा नं. १ घर भई हाल रुकुम पश्चिम मुसिकोट न.पा. वडा नं. १ खलंगा बजारमा सुनचाँदी पसल गरी बस्ने बर्ष ३३ को लोकेन्द्र सुनार रहेका छन ।केही दिन अगाडि ८ ताेला सुन चाेर्नेहरुलाइ पनि पश्चिम रुकुम प्रहरीले पक्राउ गरेको थियो ।