May 15, 2021, Saturday
२०७८ जेष्ठ २

हल्लामा विश्वास नगरिदिन जनसम्पर्क समिति अमेरिकाकाे अनुरोध

211

नेपाली जनसम्पर्क समिति अमेरिकाकाे नयाँ नेतृत्व गठन भनेर गरिएको प्रचारप्रति जनसम्पर्क समिति अमेरिकाले खण्डन गरेको छ ।केही दिन अगाडि एउटा समुहले याे समितिकाे कार्यकाल समाप्त भएको भन्दै नयाँ कार्यसमिति गठन गरेको प्रचार गरेको थियो ।यहि बिषयमा महामन्त्री मुनेन्द्र नेम्वाङ र सभापति आनन्द बिष्टले विज्ञप्ति जारि गर्दै सार्वजनिक भैरहेका समितिका आन्तरिक विषयप्रति गम्भीर हुदै भ्रामक गतिविधिका पछि नलाग्न नेपाली जनसम्पर्क समिति अमेरिका कार्य समितिका पदाधिकारी सदस्य, सबै च्याप्टरका नेतृत्वकर्ता तथा आम सदस्य र शुभेच्छुकहरुलाई विज्ञप्ति मार्फत आग्रह गरेका छन ।

यस किसिमका भ्रामक र कपोलकल्पित समाचारका प्रति समितिको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ।कुनै पनि संस्थाका आफ्ना प्रक्रिया र पद्धति हुन्छन्। अनुशासन,विधि, प्रक्रिया र पद्धतिलाई समेत बर्खिलाप हुने गरी जे जसरी समितिको नाममा अवैधानिक गतिविधि भएको छ यस्ता भ्रामक गतिविधिका पछि नलाग्न नेपाली जनसम्पर्क समिति,अमेरिका कार्य समितिका पदाधिकारी,सदस्य,सबै च्याप्टर नेतृत्व, आम सदस्य र शुभेच्छुकहरुलाई यसै विज्ञप्ति मार्फत आग्रह गर्दछ विज्ञप्तिमा भनिएको छ ।

नेपाली जनसम्पर्क समिति,अमेरिकाको हाल रहेको नेतृत्व टेक्सासमा दर्ता कायम रहेको समितिको कानुन अनुसार नै निर्वाचित भएको र सोही कानुन अनुसार नै बैधानिक हैसियतमा रहेको प्रष्ट छ। हामीले न्यूजर्सीमा एकता प्रक्रियामा सहमति गरेर हस्ताक्षर गर्दैगर्दा टेक्सासमा दर्ता कायम रहेको संस्थाको वैधानिकतालाई स्वीकार गर्ने र सोही अनुसार तत्कालीन दुवै समितिको विधानलाई समेटेर एउटा विधान बनाई सन् २०१४ मा एकताको अधिवेशन गरिएको अभिलेख सुरक्षित छ विज्ञप्तिमा भनिएको छ।

नेपाली कांग्रेसले अर्को निर्णय नगरी विगतको निर्णयको आधारमा नै समितिको कार्यकाल सकियो भनेर संगठनको मूल्य,मान्यता र पद्धति विपरित सार्वजनिक बहस गर्नु गैर जिम्मेवार कार्य हो भन्ने समितिको ठहर भएको विज्ञप्तिमा उल्लेख छ ।