March 7, 2021, Sunday
२०७७ फाल्गुन २३

खराब मौसमा कारण पहिरोमा बेपत्ता ११ जनाको खोजी कार्य हुन सकेन्

142

संखुवासभा – संखुवासभाको सिलिचोङ गाउँपालिका–१ बेसिन्दा गाउँमा पहिरोपछि हराइरहेका ११ जनाको अवस्था अझै थाहा हुन सकेको छैन ।

शनिबार राती खसेको पहिरोले ९ घर बगाउँदा हराइरहेको ११ जनाको अवस्था अझै थाहा हुन नसकेको हो । स्थानीय बासिन्दा, प्रहरी र नेपाली सेनाले खोजी गरिरहेका छन् ।

पहिरो खसेपछि सिलिचोङ–१ बेसिन्दा गाउँका ७३ घरका ३ सय ५० जनाभन्दा धेरैलाई सिसुवा नजिकैको चित्रेमा सारिएको छ । यसैबीच उद्धार र राहतको लागि प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलगायत विशिष्ट व्यक्ति सेनाको हेलिकप्टर लिएर प्रभावित ठाउँमा गए पनि बाक्लो हुस्सु र कुहिरोका कारण अवतरण गर्न समस्या भएपछि खाँदबारीको तुम्लिङटार बसेको छ ।