June 17, 2021, Thursday
२०७८ असार ३

सुनको भाउ आज तोलामा सय रुपैयाँका दरले घट्यो

101

काठमाण्डाै – सुनको भाउ आज तोलामा सय रुपैयाँ घटेको छ ।

सुनको भाउ आज तोलाको ९२ हजार २ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो सुन तोलामा दुई सय रुपैयाँ बढेर तोलाको ९२ हजार ३ सय रुपैयाँ पुगेको थियो । सुनको भाउ घटे पनि चाँदीको भाउ बढेको छ ।

चाँदी आज तोलामा ५ रुपैयाँ बढेर तोलाको ९ सय ९५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।