November 30, 2020, Monday
२०७७ मंसिर १५

साउनको दोस्रो र तेस्रो साता बाढी, पहिरो लगायत अन्य विपत एकैपटक खप्टिने सम्भावना

348

काठमाडौं – भारी वर्षाका कारण बाढी पहिरोको जोखिम बढ्दो क्रममा छ । मनसुनजन्य विपतका घटनाको आकलन गर्दै राष्ट्रिय विपद व्यवस्थापन प्राधिकरणले ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना’ बनाएको छ ।

असार ५ गत बसेको ‘राष्ट्रिय विपत जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समिति’को बैठकले स्वीकृत गरेको कार्ययोजनामा सम्भावित मनसुनजन्य विपतका घटनाको संख्या ३० लाख उल्लेख गरिएको छ । यसमा बाढी तथा डुबान, कटान र पटानसँग सम्बन्धित १२ लाख ५० हजार, पहिरो २ लाख ५० हजार र पानी जन्य अन्य जोखिमसँग सम्बन्धित १५ लाख भनेर छुट्याइएको छ ।

साउनको मध्यतिर मनसुनजन्य विपत र कोरोना भाइरसको उच्चतम अवस्था एकैपटक आइपर्ने सरकारी आकलन छ । ‘यस वर्ष साउनको दोस्रो र तेस्रो साता बाढी, पहिरो लगायत पानीजन्य अन्य विपत एकैपटक खप्टिने सम्भावना देखिएको छ’ कार्ययोजनामा उल्लेख छ ।

प्रदेश नम्बर २ र प्रदेश नम्बर ५ मा बाढीको जोखिम अत्यधिक हुने आँंकलन छ । खासगरी तराईका क्षेत्र बाढी र डुवानको उच्च खतरामा छन् ।

 

 

Recent Update