April 18, 2021, Sunday
२०७८ बैशाख ६

नेविसंघ नेता केसीले बिद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गर्ने

570

बिद्यार्थी नेता तारक प्रतिभा केसीले आफुले स्कुल शिक्षा हासिल गरेको शंकर प्राथमिक बिद्यालय र स्यार्पुताल माध्यामिक बिद्यालयमा अध्यनरत ५/५ जना गरिब जेहेन्दार र उत्कृष्ट बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री प्रदान गर्ने भएका छन् ।

जन्म दिनको अवसरमा उनलेे उक्त सामाग्रीहरु बिद्यालयलाई हस्तान्तरण गर्ने भएका हुन् ।हाल कोरोना भाइरसको कारण बिद्यालय बन्द रहेको कारणले बिद्यालयकाे बार्सिकोत्सवको अवसरमा प्रदान गर्ने व्यवस्था मिलाइएको केसीले बताए ।जन्मदिनको अवसरमा विधार्थिहरुमा उत्प्रेरना र सिकाईमा उत्साह प्रदान होस भनेर विधार्थिहरुलाई सहयोग गर्ने केसीले बताए ।

नेविसंघका निवर्तमान केन्द्रिय सदस्य समेत रहेका केसी विगत लामो समयदेखी रुकुमको शैक्षिक सामाजिक र राजनैतिक अभियानमा संलग्न रहदै आएका छन् ।बिद्यार्थी हक हित र अधिकारमा पक्षमा अनवरत सङ्गघर्शशिल केसी बाल्यकालमा शशत्र द्वन्दको कारण निकै चपेटामा परेका थिए । हाल राजधानी र जिल्लाका धेरै सामाजिक संघ सस्थामा आबद्ध केसीले रुकुमका शिक्षाका लागि हामी नामक शैक्षिक अभियानको सुरुवात गरेका छन् ।