January 17, 2022, Monday
२०७८ माघ ४

कांग्रेस लुम्बिनी प्रदेशको सभापतिमा राेल्पाका अमरसिंह पुन निर्वाचित

87

नेपाली कांग्रेस लुम्बिनी प्रदेशको सभापतिमा अमरसिंह पुन निर्वाचित भएका छन् ।भरत शाहलाई पराजित गर्दै पुन सभापतिमा विजयी भएका हुन् । पुनले ८५२ मत ल्याएका थिए भने शाहले ७६७ मत ल्याए ।

उपसभापतिमा भने संस्थापन पक्षका राजु खनाल विजयी भएका छन् । पुन समूहबाट उपसभापतिमा भुवन श्रेष्ठ, महामन्त्रीमा विक्रम खनाल र सुरेन्द्रराज आचार्य, सहमहामन्त्रीमा निमा गिरी, बिष्णु खनाल र खगराज पाण्डे विजयी भएका छन् ।