December 1, 2020, Tuesday
२०७७ मंसिर १६

६० प्रतिशत भन्दा बढी स्थानीय तह निर्धारित मितिमा बजेट प्रस्तुत गर्न असफल

273

काठमाडौं – देशभरीका ७५३ मध्ये ६० प्रतिशत भन्दा बढी स्थानीय सरकारहरू निर्धारित मितिमा बजेट प्रस्तुत गर्न असफल भएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार असार मसान्तसम्म बजेट ल्याउने स्थानीय तह ४० प्रतिशत भन्दा कम छन् ।

मन्त्रालयले उपलब्ध गराएको विवरण अनुसार ४५२ वटा स्थानीय तहले अझैसम्म बजेट प्रस्तुत गर्न सकेका छैनन् । जबकि १० असारभित्रै सबै स्थानीय तहले बजेट ल्याइसक्नुपर्ने थियो । पारित गरिसक्नुपर्ने असार मसान्त सम्म पनि उनीहरूले बजेट पेस गर्न नसकेको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ का १३७ मध्ये ८४, प्रदेश २ का १३६ मध्ये १०९, बागमतीका ११९ मध्ये ६७, गण्डकीको प्रदेश ५ का १०९ मध्ये ४८, कर्णालीका ७९ मध्ये ५० र सुदूरपश्चिम प्रदेशका ८८ मध्ये ५६ वटा स्थानीय तहले बजेट ल्याउन सकेका छैनन् ।

सबैभन्दा बढी प्रदेश ५ मा ५६ प्रतिशत र गण्डकी प्रदेशका ५५ प्रतिशत स्थानीय तहले बजेट ल्याएका छन् । सबैभन्दा कम प्रदेश २ का २० प्रतिशत स्थानीय तहले बजेट प्रस्तुत गरिसकेको छ ।

Recent Update