November 27, 2020, Friday
२०७७ मंसिर १२

विश्वभर कोरोनाभाइरस अपडेटः निको हुनेको संख्या ८० लाख नाघ्यो

258

विश्वभर कोरोना सङ्क्रमणबाट निको हुनेको संख्या ८० लाख नाघेको छ ।
विश्वका विभिन्न देशमा अहिलेसम्म एक करोड ३६ लाख ९१ हजार ५ सय ७० जनामा सङ्क्रमण पुष्टि भएकोमा ८० लाख ३७ हजारभन्दा धेरै मानिस उपचारपछि निको भएका वल्डोमिटरले जनाएको छ ।

अहिले उपचार गराइरहेका ५० लाख ६७ हजारभन्दा धेरैमध्ये एक प्रतिशत अर्थात साढे ५९ हजार जनाको अवस्था जटिल रहे पनि बाँकी ५० लाख भन्दा धेरैको अवस्था सामान्य छ । कोरोना सङ्क्रमणका कारण ५ लाख ८६ हजार जनाको भने ज्यान गएको छ ।

यसैबीच भारतमा एकैदिन ३० हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ । भारतमा हिजो मात्रै साढे ३२ हजारभन्दा धेरै नयाँ बिरामी थपिएका छन् । तर भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले भने २९ हजार ४ सय २९ जनामा कोरोना भएको पुष्टि गरेको छ ।

हिजो एकैदिन ५ सय ८२ जनाको ज्यान गएको छ । भारतमा मात्रै अहिलेसम्म ९ लाख ७० हजारभन्दा धेरैमा कोरोना सङ्क्रमण भएको र साढे २४ हजारभन्दा धेरैको ज्यान गएको वल्डोमिटरले जनाएको छ । विश्वभर कोरोना सङ्क्रमित धेरै हुने देशको सूचीमा भारत तेस्रो स्थानमा छ ।

यस्तै भारतको बिहारमा आजदेखि १५ दिनका लागि लकडाउन गर्ने निर्णय भएको छ । सङ्क्रमितसँगै ज्यान गुमाउनेको संख्या बढ्न थालेपछि भारतको विभिन्न राज्यमा फेरि लकडाउन घोषणा गरिएको हो ।

सबैभन्दा धेरै अमेरिकामा ३६ लाख १६ हजार ७ सय ४७ जनामा सङ्क्रमण पुष्टि हुँदा १ लाख ४० हजार भन्दा ज्यान गएको छ ।

यस्तै ब्राजिलमा राष्ट्रपति जाएय बोलसोनारोसहित १९ लाख ७० हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि हुँदा साढे ७५ हजारको ज्यान गएको छ ।

Recent Update