November 28, 2020, Saturday
२०७७ मंसिर १३

आयो नयाँ नियम, अब खाता भएकोबाहेक अरु बैंकको एटीएमबाट पैसा निकाल्दा शुल्क लाग्ने

315

काठमाण्डाै – आजदेखि खाता भएको बाहेक अरु बैंकको एटीएमबाट पैसा निकाल्दा शुल्क लाग्ने भएको छ ।

जुनसुकै बैंकको एटीएमबाट पैसा निकाले पनि थप शुल्क नलाग्ने व्यवस्था आजदेखि हटेको हो । अब शुल्क लिने वा नलिने भन्ने निर्णय सम्बन्धित बैंकले नै गर्न पाउने भएका छन् ।

कोरोना सङ्क्रमण रोक्ने सरकारी नीतिलाई सघाउन नेपाल बैकर्स संघ सहित डेभलपमेन्ट बैंकर्स एशोसियसन नेपाल र नेपाल वित्तीय संस्था संघले एटीएम कार्ड जुनसुकै बैंकको एटिएममा प्रयोग गर्दा पनि शुल्क नलाग्ने व्यवस्था गरेका थिए ।

तर, अब लकडाउन खुकुलो भएको र आवतजावत पनि सहज भएकाले थप शुल्कबारे बैंकले नै निर्णय गर्न सक्ने तीनवटै संस्थाले हिजो विज्ञप्ति जारी गरेर जानकारी दिएका छन् ।

इन्टरनेट बैंकिङबाट कारोबार गर्दा शुल्कबारे पनि नेपाल क्लियरिङ हाउसले नै निर्णय गर्ने भएको छ ।

Recent Update