कोरोना भाईरसले ५ महिना देखि मच्चाएको त्रासदी, भयावह स्थितिले विश्व मानव समुदायलाई नै ससंकित बनाएको छ । सामाजिक, आर्थिक तथा मानविय संकट निम्त्याएको छ । देखिन्छ प्रकृति र मानव विचको एकतर्फि लडाई जस्तो । चिनको वुहान देखि सुरुभएर आज विश्वभरिनै फैलिएको छ । ४ घण्टा देखि ७२ घण्टा सम्म आयु भएको कोरोना भाईरसको बारेमा मैले गरेको अनुसन्धानमा यो एउटा साधारण भाईरस, जसको उपचार तथा औषधी नै बनेको छैन ।
यसबाट बच्न स्वास्थ्य सम्बन्धी जागरुकता, पोषणयुक्त साकाहारी खाना खाने, एक आपसमा दुरी राख्ने, सफा सुग्घर बस्ने, सावुन पानीले २० देखि ३० सेकेन्ड सम्म हात धुने, मुख, नाक, आँखा देखि भित्र फैलिने हुनाले सधै सफा राखी विशेष ध्यान दिने । अहिले सम्मको तथ्यांक अनुसार ५० बर्ष भन्दा माथीका मानिसहरुलाई बढि प्रभाव पारेको देखिन्छ । आजको दिनसम्म ३१००० भन्दा बढि मानिस मृत्युबरण भैसकेका साथै ६६३९२८ भन्दा बढि कोरोना भाईरसबाट प्रभावित छन् । अहिले आँकडा अनुसार ४.६५ प्रतिशत मृत्युरेट छ भने २१.४२ प्रतिशत रिकभरि भएको देखिन्छ ।
कोरोना बाट चीन कसरी सफल भयाे ?
अमेरिका तथा युरोप कोरोना भाईरस नियन्त्रण गर्न किन सफल हुन सकेन ?
कोरोनाको विश्वव्यापी प्रभावः
कोरोना भाईरसको माहामारिले मानविय क्षतीमात्र नभई विश्वको अर्थतन्त्रलाईनै नराम्रो तरिकाले प्रभाव पार्ने देखिन्छ । यसको प्रभावले केहि नकारात्मक तथा धेरै सकारात्मक प्रभाव पार्ने देखिन्छ ।
१) बेरोजगार : विश्वव्यापी रुपमा प्रत्येक उद्योग तथा व्यवसायलाई प्रत्यक्ष प्रभाव पार्ने देखिन्छ ।
२) व्यापार घाटा भई बैंक डिफल्ट हुने देखिन्छ ।
३) एकिकृत शक्तिलाई सन्तुलन बनाउने ।
४) चाईनाको विश्व व्यापी प्रभाव तिब्र हुने ।
५) एशिया महादेश अमेरिका तथा युरोप भन्दा शक्तिशाली हुने ।
६) अणु, एटम बम, हात हतियारको उत्पादनमा कमि आउने ।
७) विश्वव्यापी जैवीक तथा साईवर हतियारमा जोड दिने ।
८) कोरोनाको असरले विश्वव्यापी रुपमा हरेक व्यक्ति तथा देशले आफ्नो गन्तव्य र सोच बदल्ने छ ।
९) बैदेशिक रोजगार तथा माईग्रेसन व्यापारमा मन्दी आउने छ ।
१०) हरेक देशले आधारभुत व्यवस्थालाई मजबुत तथा व्यवस्थित बनाउने तिर ध्यान दिनेछन् ।
११) राष्ट्रिय स्वास्थ्य तथा शिक्षा क्षेत्रमा सुधार आउने छ ।
१२) मातृभुमि नै सुरक्षित तथा देश भक्तिको भावना जाग्ने देखिन्छ ।
१३) हरेक देशको स्वास्थ्य व्यवस्थामा सुधार हुने देखिन्छ ।
कोरोनाको प्रभावबाट नेपालले स्वास्थ्य क्षेत्रमा सिक्नुपर्ने पाठः
१) स्वास्थ्य क्षेत्रमा सुधार गर्ने, बिकेन्द्रीकरण गर्ने, सरकारी क्षेत्रलाई बढावा दिने ।
२) सरुवारोग अनुसन्धान तथा रोकथाम विभाग लाई कृयाशिल बनाउने ।
३) प्राईभेट अस्पतालहरुले आफ्नो स्तर उन्नती, प्रबिधि, तालिम तथा अनुसन्धानमा जोड दिने ।
४) नेपाली जनताहरुको लागि स्वदेशमै उपचारको लागि विश्वसनिय वातावरण बनाउन प्राईभेट क्षेत्रमा लगानी तथा प्रबिधि भित्राउने ।
५) सरकारले अन्र्तराष्ट्रिय स्तरको सुपरस्पेशलिटी अस्पतालको बिकास गर्ने । अन्र्तराष्ट्रिय स्तरका विशेषज्ञ विदेशी चिकित्सक नियुक्ति गर्ने र रजिष्ट्रेशन खुल्ला गर्ने ।
६) बिदेशमा बिरामी रेफरको व्यवस्थालाई निरुत्साहित गर्न प्रत्येक अस्पतालमा टेलिमेडिसिन सेन्टर स्थापना गर्ने जसको नियन्त्रण तथा व्यवस्थापन सरकारलेनै गर्ने । कर तथा सामाजीक सुरक्षा योगदानको आधारमा सघन उपचार निःशुल्क गर्ने तथा यसको लागि निती निर्माण गर्ने । जसले गर्दा जनविश्वास को साथमा नेपालमा आन्तरिक मेडिकल टुरिजम विकासको लागि टेवा पुग्ने देखिन्छ । अरबौ रुपँया उपचारको लागि बिदेशमा जानबाट रोकी देशको अर्थतन्त्र मजबुत बनाउन पहल गर्नु पर्दछ ।
७) बरिष्ठ सरकारी तथा प्राईभेट चिकित्कलाई दैनिक १ घण्टा निःशुल्क टेलिमेडिसिन कन्सल्टेसनको लागि अनिवार्य व्यवस्था मिलाउने, प्रत्येक अस्पतालमा टेलिमिडिसिन सेन्टर खोल्न अनिवार्य बनाउने, स्वास्थ्य प्रबिधि भित्राउने तथा नियमित रुपमा स्वास्थ्य शिक्षा, आविश्कार तथा अनुसन्धानात्मक गोष्ठि, अन्तकृया तथा तालिमको आयोजना गर्ने ।
८) स्वास्थ्य सम्बन्धी व्यवस्थापन तथा बिकासको लागि विशेष स्वास्थ्य व्यवस्थापन विभागको गठन गर्ने जसको निती निर्माण तथा प्रविधि विकासको कार्यान्वयनको लागि बिदेशी विशेषज्ञहरुलाई आमन्त्रण गर्ने ।
९) बिदेशी औषधी नेपालमा भित्राउन नदिने यसको बदलामा नेपालमा बिदेशी लगानी गर्ने बाताबरण बनाईदिने ।
९) नयाँ स्वास्थ्य बिमा पोलिसी ल्याउने जसको उपयुक्त कार्यान्वयनको लागि थर्ड पार्टि प्रशासक (Third Party Administrator- TPA) को नितीगत व्यवस्थापन गर्ने ।
लेखक कृष्ण पाण्डे
अध्यक्ष
नेपाल मेडिकल टुरिजम अर्गनाईजेशन
काठमाण्डौं, नेपाल ।www.nemto.org
Source: https://www.covidvisualizer.com/