October 20, 2020, Tuesday
२०७७ कार्तिक ५

६५ हजार घुससहित उपमहानगरपालिका लेखा अधिकृत अख्तियारको नियन्त्रणमा

270

विराटनगर – अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले इटहरी उपमहानगरपालिकाका लेखा अधिकृत विकास पोखरेललाई घुससहित रंगेहात पक्राउ गरेको छ ।

बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय इटहरीले उपमहानगरका लेखा अधिकृत पोखरेललाई ६५ हजार घुससहित रंगेहात पक्राउ गरेको हो ।

आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार विद्यालयको परीक्षा योजनाको खर्च हिसाब मिलान गर्न उनले सेवाग्राहीसँग ६५ हजार घुस मागेका थिए ।

Recent Update