October 27, 2020, Tuesday
२०७७ कार्तिक ११

मध्य र पूर्वी चीनको बस्ती डुबानमा

324

काठमाडौं – मध्य र पूर्वी चीनको बस्ती बाढी र डुबानले नराम्रोसँग प्रभावित भएको छ ।

हालसम्म १ सय ४० जनाको मृत्यु भएको पुष्टि भएको छ । केही हराइरहेका छन् । दसौं लाख मानिसहरुलाई सुरक्षित स्थानमा सारिएको छ । कतिपय पक्की घरहरु पनि भत्किएका छन् ।

चीनमा ६ दशकयताकै भारी वर्षा भएको बताइएको छ । बाढीले नौ वटा प्रान्त प्रभावित भएको बताइएको छ । अझै पाँच दिनसम्म भारी वर्षा हुने चीनका मौसमविदहरुले पूर्वानुमान गरेका छन् ।

चिनियाँ अधिकारीहरुले देशका ३३ वटा नदीहरुमा उच्च बहाव भएको जानकारी दिएका छन् । बुधबारबाट भने याङ्ग्त्जी नदीको मध्य र तल्लो तटीय क्षेत्रमा जल सतह विस्तारै घट्दै गएको जल संशाधन मन्त्रालयले जनाएको छ ।

Recent Update